

वीरगंज २० कार्तिक : वीरगंज महानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरू धमाधम सञ्चालन हुदैछन् । महानगरपालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको भेला गरी कात्तिक २३ गतेदेखि संस्थागत तथा सामुदायिक विद्यालयहरू ८ देखि १० कक्ष्ाँ सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । विद्यालय सञ्चालनको लागि महानगरले मापदण्ड निर्धारण गरे अनुसार सोको पालना गरी सञ्चालन हुनुपर्ने र त्यसको महानगरपालिकाले गर्ने निर्णय भएको थियो । अहिले महानगरपालिकाले तोकेको मापदण्ड अनुसार केही सामुदायिक विद्यालयहरू सञ्चालनमा आउन शुरु भएका छन । वीरगंज–४ मा रहेको रघुवीर राम महावीरप्रसाद त्रिजुद्ध मावि र रामकुमार कन्या मावि बिहीवारदेखि सञ्चालनमा आएको वडाध्यक्ष जगत साह कानूले बताए । उनले दुवै विद्यालयमा वडासमितिको तर्पmबाट विद्यार्थीहरूलाई हातधुने एक÷एकवटा मेशिन जडान गरिएको जानकारी गराएका छन् । महानगरमा संस्थागत विद्यालयहरू भने केही महीना अगाडिदेखि नैं सञ्चालनमा छन् । पोशाक नलगाएर संस्थागत विद्यालयहरूले सबै तहको कक्षा सञ्चालनमा ल्याएको स्रोतले जनाएको छ । केही संस्थागत विद्यालयहरू मात्र अहिले सञ्चालनमा छैन । महानगरपालिकाले कात्तिक २३ गतेदेखि सञ्चालन अनुमति दिएको कारण सोही समयदेखि सञ्चालन गर्ने तयारी उनीहरूको छ । वीरगंज महानगरपालिकाले कक्ष्ाँ ८ देखि १० सम्मको कक्ष्ाँ सञ्चालन गर्ने र त्यसको एक सातासम्म अनुगमन गरी कक्ष्ाँ ६ र ७ को पठनपाठन सुचारू गर्ने विषयमा निर्णय गर्ने यसअघिको बैठकमा सहमति भएको थियो । कक्ष्ाँ १ देखि ५ सम्मको अध्यापन भने यथावस्थामा सञ्चालन नगर्ने बैठकमा निर्णय भएको हो ।