वीरगञ्ज । नेपाल प्रहरीले पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वडा नं २ जानकिटोल बाट अाज बिहान मोटरसाइकलमा लोड रहेको भारी मात्रामा भारतीय कुखुराको चल्ला बरामद गरिको छ। भारत बाट कुखुरा चल्ला तस्कर हरुले मोटरसाइकलमा भारतिय कुखुराको चल्ला लोड गरि नेपाल तर्फ भित्रयाई रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय जानकिटोला बाट खटीएका टोलिले ३ वटा मोटरसाइकल सहित ५१ कार्टुन कुखुराको चल्ला बरामद गरेका छन। बरामद भएको मोटरसाइकल भारतीय नम्बर गाडी बिअार २२ एम २२५१ , बिअार २२ एफ ८६९५ , र एउटा नम्बर नखुलेको प्लास्टिना मोटरसाइकल रहेको छ। प्रहरी लको गस्ती देखेर चल्ला तस्करहरु ले मोटरसाइकल छोडेर भागन सफल भएको प्रहरीले जनाएका छन। सो ठाउँ बाट प्रहरीले मोटरसाइकल समेत बरामद गरेको ५१ कार्टुन भारतिय कुखराको चल्ला करिब ४ हजार रहेको प्रहरीले जनाएका छन। प्रहरीका अनुसार एक कार्टुनमा करिब ८० वटा कुखुरा को चला रहेको कुखुराको चला करिब दुई लाख पचास हजार बराबरको रहेको छ। बरामद गरिएको मोटरसाइकल र कुखराको चला ईलाका प्रहरी कार्यालय जान्कीटोलामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता अोमप्रकास खनालले जनाएका छन।