बीरगन्ज । बीरगन्जको गण्डकबाट ३० लाख मूल्य बराबरको भन्सार छलिका सामाग्रीहरु सहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा बाग्मती प्रदेश ०३–००१ ख.०३३० नम्बरको मालबाहक ट्रकबाट मेडिकल सामाग्री लगायत अन्य किराना सामानहरू प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार चेकजाँचका क्रममा चालक फरार भएको प्रहरीले जानकारी गराएको छ । बरामद गरिएका सरसामान र ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।