बीरगन्ज । भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको करिब १६ लाख नेपाली रुपैँयासहित ३ जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलिले छपकैया–सिर्सिया नाकाबाट ३ वटा मोटरसाईकलमा सवार भई नेपालतर्फ आउँदै गरेको ३ जनालाई १५ लाख ५० हजार रुपैँयासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण बसतपुर निवासी २५ वर्षिय विक्रम पटेल, भारत मोतिहारी निवासी २९ वर्षिय मुकेश पटेल, पर्साको धोबिनी गाउँपालिका वडा नं ३ निवासी २३ वर्षि बलिराम पटेल लगायतका रहेका छन् । पक्राउ परेकाहरुलाई बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर अन्तर्गत कारवाही गरिने प्रहरीले जानकारी गराएको छ । साथै उनीहरु सवार ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको ३ वटा मोटरसाईकहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।