वीरगञ्ज । सुरक्षित आवासको रकम फ्रिज हुँदा सम्बन्धित लाभग्राहीहरु आक्रोशित भइ देवाही गोनाही नपालाई घेराउ गरेका छन् । रौतहट जिल्लाको अधिकां पालिका आज घेराउ परेका थिए ।
सुरक्षित अवास निर्माणको रकम सार्वजनिक गर,अनियमितता र भ्रष्टाचार गर्नेलाई कार्यवाही गर् जस्ता नरा लगाउदै अवास निर्माण संघर्ष समितिले देवाही गोनाही नपालाई घेराउ गरेका थिए ।
गरिब दलितलाई आवासको व्यवस्था हुनु पर्ने, नगरपालिकाको हरेक क्षेत्र तथा कार्यक्रममा गरिबी निवारणका यथेष्ट बजेटको व्यवस्था हुनु पर्ने, संबैधानिक मौलिक हकको रुपमा रहेको जातीय छुवाछूत गर्न नहुने, हक तथा आवास निर्माणको हक पूर्ण कार्यनयन हुनु पर्ने, सुरक्षित आवास निर्माणको रकम फ्रिज गराउनेलाई कार्यवाही हुनुपर्ने, सुरक्षित आवास निर्माणमा भइरहेको अनियमितताको अविलम्ब छानबिन हुनुपर्ने, छनौट भएका घरधनिको विवरण सार्वजनिक गर्नुपर्ने, कमिसनका लागि भुक्तानी रोक्नेलाई कार्यवाही हुनुपर्ने र दलित युवालाई सीप तथा रोजगारीको व्यवस्था हुनुपर्ने जस्ता माग राख्दै निमित्त प्रशासकीय अधिकृत विरेन्द्र प्रसाद चंद्रवंसि मार्फत मेयरलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
यस् बारे सम्बन्धित व्यक्तिले निम्ति प्रशासकीय अधिकृत विरेन्द्र प्रसाद चंद्रवंसि सँग विभिन्न प्रशन गर्दा चंद्रवंसिले आफ्नो जिम्मेवारी बाट पन्छिदै अब चाडै यो कार्यक्रम बारे बैठक राखि कार्यक्रम कार्यनयन गराउछु भन्दै चंद्रवंसिले जवाफ दिए।
यो सम्पूर्ण माग चाडै नै कार्यनयन हुने समेत चंद्रवंसिले प्रतिबद्धता व्यक्त गरे तर यो सम्पूर्ण माग चाडै कार्यनयन नहुँदा हामी यो भन्दा पनि कडा आन्दोलनमा जाने आवास संघर्ष समितिले अधिकृतलाई चेतावनी दिए ।
४ वर्षमा १२ वटा प्रशासकीय अधिकृत हेरफेर गर्ने रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका हो। जबकि चंद्रवंसिकै कार्यकालमा देवाही गोनाही नपा पटक पटक आलोचित तथा घेराउ पर्दै आइरहेको अवस्था बुझिएको छ । साउन ५ गते बालपोष्ण भता वितरण सम्बन्धमा पनि सम्बन्धित स्थानीयले नपा घेराउ गरेका थिए।
साउन १२ गते प्रदेश सरकार बाट आएको राहत वितरण नगरी कुहिएको भन्दै माटोमा पुरिएका कारण यहाँका स्थानीयहरुले नपालाई तोडफोड गरि घेराउ समेत गरेका थिए ।
त्यस्तै श्री जयकिसान माविका प्र.अ. भुरेन्द्र पंडितलाई विभिन्न राजनीतिक षड्यन्त्र रचि पदिए जिम्मेवारी खोसिदा लगातार १० दिन सम्मको शान्ति धारणामा बसेका थिए ।
देवाही गोनाही नपा जनताको नपा नभइ मेयर धर्मेन्द्र पटेलको निजि नगरपालिका तथा कार्यपालिका भएको एक स्थानीयले दुःखेसो प्रकट गरे ।
पटक पटक यो नपा एवं नपाका मेयर आलोचित भए पनि मेयरको रवौयामा सुधार नआएको एक स्थानीयले बताए ।
विगत लामो समय पछि पुरानो संरचनालाई हटाइ नयाँ संरचना स्थानीय तह लागू हुँदा जनताहरु हर्षित भएका थिए तर यो नयाँ संरचना स्थानीय तहहरु जनताका लागि होइन विभिन्न राजनीति पदाधिकारीका लागि कमाउने औजारको रुपमा मात्रै सिमित रहेको यस्तो जनप्रतिनिधिहरुको रवैया देखि बुझ्न सकिन्छ भन्दै एक बुद्धिजीवीले आफ्नो तर्क राखे ।
जब सम्म यो पदाधिकारीहरुले आ-आफ्नो काम प्रति जिम्मेवार नरहे सम्म देश समृद्धि तर्फ जाने कुनै विक्लप पनि नरहेको एक स्थानीयले बताए ।