वीरगंज २० कार्तिक : पर्सा जिल्लामा यस वर्ष धान खेती गत वर्षको तुलना वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र पर्साका बाली प्रमुख सुरेश चौरसियाले चैते, भदैया र अगहनी धान खेती गतवर्षको तुलना यसवर्ष ०.२ प्रतिशतले वृद्धि भएको बताए । यसवर्ष चैते धान ३ हजार ५ सय हेक्टर जमीनमा खेती गरिएको उनले बताए । यसैगरी, भदैया धान ८ हजार ५ सय ५० हेक्टर र अगहनी धान ३५ हजार हेक्टरमा खेती भएको बाली प्रमुख चौरसियाले जानकारी गराएका छन् । भदैया धान प्रतिमेट्रिक टन ५.२ प्रतिहेक्टर उत्पादन भएको र अगहनी धान ४ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको उनले बताए । गतवर्ष भदैया धान प्रतिहेक्टर ५ मेट्रिक टन उत्पादन भएको थियो भने अगहनी धान प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन भएको थियो । अगहनी धानमा कतर्नी धानलाई यसपटक पानी र कीराले क्षति पु¥याएको कारण प्रतिहेक्टर ३.५ मेट्रिक टन उत्पादन भएको उनले बताए । अगहनी धान अन्तर्गत सोना मन्सुलीलाई भने पानी र कीराले असर नगरेको र गतवर्षको तुलना यसवर्ष पनि प्रतिहेक्टर ४ मेट्रिक टनको दरले उत्पादन भएको बताए । पर्सा जिल्लामा तीन बाली धान खेती हुने गरेकोमा सबैभन्दा बढी अगहनी धानको खेती हुन्छ । अगहनी धानमा सोना मन्सुली सबैभन्दा बढी रोपिने गरेको छ ।

