

वीरगञ्ज । पर्सागढी नगरपालिका वडा नम्बर ५ बहुअर्वाका धर्मदेव रायले वीरगंज रामगढवाका ठग पटेल ,ओम पटेल र सूर्य हस्पिटलको बादमासीका कारण आफनो दाहिने खुटा काटिएको आरोप लगाएका छन । आज संचारकर्मी संग कुरा गर्दै रायले खुटा काट्ने अवस्था नभएपनि बढि पैसा लाग्ने डरले घरधनी पटेलले खुटा काट्न लगाएको आरोप लगाए । रायले आफनो घरपरिवारको मन्जुरी बिना खुटा काटिएको आरोप समेत लगाए । उनले सुर्य हस्पिटलले पनि घरधनीको ईसारामा आफनो परिवारको मन्जुरी वेगर खुटा काटेको भन्दै अस्पताल प्रति आक्रोश पोखे । गत साउन ११ गते वीरगंज रामगढवामा पटेको घरमा काम गर्ने क्रममा छतको टप रायको खुटामा खसेर खुटामा गम्भिर चोट लागेको थियो । घाईते भएका रायको नायारणीमा उपचार गरी थप उपचारको लागि पटेलले सुर्य हस्पिटलमा भर्ना गरेका थिए । भर्ना गरेको केहि घण्टामै रायको खुटा काटिएको परिवारले जनाएका छन । खुटाको अप्रेशन गर्दा खुटा बचाउने थुप्रै अधार हुदा हुदै हतारमा परिवारको मन्जुरी वेगर खुटा काटिएको भन्दै रायकि आमा ललिता देवीले न्याय दिलाई दिन संचारकर्मी संग अनुरोध गरिन । उनले घरको एक्लो छोरोको खुटा काटिदा परिवार बिच्लीमा परेको बताईन । उनले दोषिलाई कारवाही र उचित क्षति पुतिको माग गरेकी छिन । उनले राजनिति दवावका कारण एक लाख ६० हजार रुपैया लिएर मिलापत्र गर्न घरधनीले दवाव दिईरहेको बताईन ।