पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–५ का २० वर्षीय अब्रे आलममाथि आफ्नै छिमेकीद्वारा निर्घात आक्रमण गरिएको छ। आफूले दिएको पैसा माग्न गएका आलमलाई त्यही वडामा बस्ने सकुर मियाँसहितले कुटपिट गरी धारिलो हतियार प्रयोग गर्दै उनको खुट्टा नै काटिदिएका हुन्।
गम्भीर घाइते भएका आलमलाई तत्काल उपचारका लागि वीरगन्जस्थित मेट्रो अस्पताल लगिएको छ, जहाँ चिकित्सकले उनको अवस्था अत्यन्त गम्भीर रहेको बताएका छन्।
यस घटनामा संलग्न सकुर मियाँसहित तीन जना हाल फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उता, गम्भीर घाइते आलमको उपचार खर्च धान्न कठिन भएको भन्दै परिवारजनले आर्थिक सहयोगको अपिल गरेका छन्।