पर्सा । मध्य नेपाल मिडियाको दशौं वार्षिक उत्सव बिहिबार वीरगञ्जको कलाशिक बेक्टहलमा विशेष कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । । कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यता र मध्य नेपाल मिडियाकी सञ्चालिका कविता खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
महिला पत्रकार नेतृत्वद्वारा सञ्चालित मध्य नेपाल मिडियाको वार्षिकोत्सवमा विभिन्न क्षेत्रका सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सञ्चार क्षेत्रको योगदान, महिला पत्रकारिताको भूमिका तथा संस्थाको भविष्यका योजनाबारे समेत चर्चा गरिएको थियो।
आयोजकले संस्थाको स्थापना देखिनै सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा निरन्तर क्रियाशील रहँदै आएको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले समाजलाई सूचना र जागरणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिती संयोजक केसी लामिछाने, सचिव अशोक तिवारी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष लालबाबु शेख ,नेपाल पत्रकार महासंघका पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतको उपस्थिती थियो । सो अवसरमा बिभिन्न व्यक्तित्वहरुलाई सम्मानित समेत गरिएको थियो ।