बीरगंज । प्रत्येक बर्ष झै यस बर्ष पनि पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा भव्य रूपमा दुर्गा पुजाको शुभ आरम्भ गरिएको हो । बिन्दबासिनी गाउँपालिकाको वडा नम्बर १ हरिनगरमा भइरहेको दुर्गा पुजाको जल यात्रा हरिनगर , बहुवार्व हुँदै तीलावे नदीमा गई जल भरिएको हो । तिलावे नदीबाट जल भरी पुन पूजा हुने ठाउँमा जल यात्रा टोली फर्किएको हो ।
दुर्गा पुजाको अवसरमा आज पहिलो दिन हजारौं हजार श्रदालु भक्तजनहरुको सहभागीतामा भव्य रूपमा जल यात्रा निकालिएको थियो । दुर्गा पूजा जल यात्रामा हरीनगर गाउमा दुर्गा मन्दिरको प्राङणबाट निस्केको जल यात्रामा गाउँपालिका उपाध्यक्ष किरण देवी गुप्ता , वडा अध्यक्ष सञ्जय चौहान , विन्दा कलवारसहित हजारों श्रदालु भक्तजन महिला बालबालिकाहरुको सहभागिता रहेको थियो ।
उक्त पुजालाई सफल बनाउन विभिन्न किसिमका कार्यक्रमहरु आरम्भ समेत गरिएको बिन्दबासिनी गाउँपालिकाकी उपाध्यक्ष गुप्ताले बताइन् । गाउँपालिका उपाध्यक्ष गुप्ताले गाउँपालिका अन्तर्गत भइरहेको पूजा तथा गाउँपालिका अन्तर्गत रहेको मन्दिरमा विभिन्न किसिमका सरसामानहरु सहयोग गरेकी समेत बताइन् ।