बीरगंज । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकाको बहुअर्वाभाठा नजिकैबाट सशस्त्र प्रहरीको टोलिले भारतबाट अबैध तरिकाले नेपाल भित्रिएको भैंसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल भित्रयाउने बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीबाट खटिएको स्कवाड टोलिले बहुअर्वाभाठा नजिकैबाट १७ वटा भैंसी नियन्त्रणमा लिन सफल भएको हो।
स्थानिय प्रहरी प्रशासनलाई तस्करहरुले मिलाई भारतको विभिन्न सीमावर्ती क्षेत्रबाट राँगा भैंसी किनी राजस्व छली गरी स्थानिय प्रशासनको सहयोगमा २ वटा ३ वटा गरी नेपाल भित्रीयाई बिन्दबासिनी गाउँपालिकाको प्रसौनीमा ल्याई जम्मा गरी एक चोटिमा ५० वटा भन्दा बढि त्यहाँबाट सशस्त्र प्रहरी बल बाहुवार्वाका सई निम बहादुर पुनको सहयोगमा तस्करी भइरहेको थियो । लाईन चलेको बेला सई पुनलाई फोन मार्फत जानकारी गराउन खोज्दा पुनले फोन उठाउँदैनन् भने स्थानिय हरुले बताउँछ । तस्करी गराउनमा स्थानिय प्रशासन भन्दा बढी सक्रिय निम बहादुर पुन रहेको यो घटनाले पुष्टि गरेको देखिन्छ।
स्थानीय प्रहरी प्रशासनलाई मासिक लाखौन नजराना बुझाए पश्चात् भैंसी तस्करी तिब्र रूपले अगाडी बढेपनि हाल स्कवाड टोलिले तस्करको संजाल तोडन सफल भएको छ । चारै तिर आफ्नो सेटिङ्ग भएको हल्ला मचाउदै तस्कर समुहले आफ्नो कार्यलाइ निरन्तरता दिनसाथ बाहिणीबाट खटिएको प्रहरी टोलिले १७ वटा भैंसी नियन्त्रणमा लिनसाथ तस्करहरूमा भागदौड मचेको थियो ।