वीरगन्ज २१ कार्तिक : बारा जिल्लाको परवानीपुर गाउँपालीका वडा नं ५ बहु्अरी टोलमा रहेको स्वास्थ्य चौकीको छानो गत वर्षको चैत्र महिनामा आएको हावाहुरीले उडाएको हो । छानो उडाएको ७ महिना बिति सक्दा पनि मर्मत सम्भार हुन सकेको छैन । छानो मरम्मतका लागि आफुहरुले गाउँपालीकाका अध्यक्ष, वडा अध्यक्ष लगायतका पदाधीकारीहरुलाई पठक–पटक आग्रह गरेको र घटना लगतै गाउँपालीका अध्यक्ष नेतृत्वको टोलीले स्थलगत निरीक्षण समेत गरेको भए पनि मरम्मत सम्भारको आस्वासन मात्र पाएको स्वास्थय चौकीका ईन्चार्ज हरिओम साहले गुनासो गर्नु भएको छ । आफुहरुले केही समय रुखमुनी बसेर स्वस्थ्य सेवा दिएको र त्यस पछि वडास्थित शिव मन्दिरको एउटा कोठाबाट सेवा प्रवाह गरिरहेको इन्चार्ज साहले बताउनु भएको छ ।


औषधि लगायत स्वास्थ्य सामग्रीहरुलाई राख्ने ठाउँको अभावले गर्दा स्वास्थ्य सेवा दिन कठीनाई भएको स्वास्थ्यकर्मीहरुले दुःखेसो पोखेका छन् । खुल्ला स्थानमा विशेष गरि गर्भवती महिलाहरुलाई सेवा दिन निकै कठीनाई भईरहेको इन्चार्ज साहले बताउनुभयो । त्यसैगरि स्वास्थ्य उक्त चौकीमा कार्यालय सहयोगी नभएको कारण सरसफाई लगायतका कामहरु हुन न सकेको र सेवा दिने र लिनेलाई समेत कठीनाई भएको वहाले बताउनु ुभएको छ ।
सेवा प्रवाह गर्ने स्थान अप्ठ्यारोमा रहेको कारण जेष्ठ नागरीक, विकलांगहरु र महिलालाई समस्या भएकोले उनीहरु स्वस्थ्य सेवाका लागि आउन छोडेको इन्र्चाज साहको भनाइ छ। यस विषयमा गाउँपालीका अध्यक्ष हरिनारायण साहसंग बुझदा चालु आर्थिक वर्षभित्र नया स्वस्थ्य चौकी भवन निर्माण समपन्न हुने बताउनुभयो । सो वडाका अध्यक्ष रामेश्वर साह कलवारले पनि नया भवन निर्माणको बजेट बिनियोजन भईसकेले छठ पर्व पछि यसको काम अगाडी बढने बताउनु भएको छ ।