वीरगंज । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको कार्यालयमा हिन्दुहरुको महान चांड दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बिन्दबासिनी गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय बहुवारवा भठामा भएको जनप्रतिनिधि र कर्मचारी स्तरिय दिपावली तथा छठ पर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भएको हो ।
बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत श्यामबाबु साह रहेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष किरण देवी गुप्ता , वडा अध्यक्ष समीर मियाँ , सञ्जय चौहान , सालमा खातुन , अनोज कुमार चौरसिया , सुकदेव राउत अहिर , सन्तोष कुमार साह , नगेन्द्र प्रसाद कुशवाहा , रुपेन्द्र साह , अन्जु गुप्ता , अमेन्द्र पाल , राकेश साह , सुरसती देवी , भागमती देवी लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।