वीरगंज । पकाहामैनपुर गाउँपालिकाको वडा नं २ सुर्जाहामा नेकपा एमालेका युवा नेता तथा पकाहामैनपुर युवा सञ्जालका प्रवक्ता प्रमोद पटेलको पहलमा नयाँ विद्युतिय ट्रान्सफर्मर जडान भएको छ ।
सुर्जहामा हिजो राति देखि विद्युतिय ट्रान्सफर्मर बिग्रिँदा गाउँबासीहरुले पटक पटक गाउँपालिकाका जनप्रतिनिधिहरुलाई भन्दा कुनै चासो नदेखाएकोमा गाउँ बासीहरुले दुःखेसो पोखेका थिए । ट्रान्सफर्मर बिग्रिँदा राति सुत्ने बेला गर्मी हुँदा रातभरी घुमी रात बिताउन गाउँ बासीहरुले बाध्य भएका थिए ।
सुर्जहा गाउँमा विद्युत अवरोध भएको जानकारी पाई नेकपा एमालेका युवा नेता तथा युवा सञ्जालका प्रवक्ता पटेलले आफै गाउँ गई नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र पोखरीयासंग समन्वय गरी खराब भएको ट्रान्सफर्मर उतारी अर्को नयाँ विद्युतिय ट्रान्सफर्मर जडान गराई गाउँलाई उज्यालो बनाएका थिए ।
गाउँमा लाइन आउन साथ गाउँबासीहरुले खुसी व्यक्त गरेका थिए । युवा सञ्जालले गाउँपालिकामा भएको भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा आउने समस्यामा गाउँबासी युवा सञ्जालको साथ उभिने गाउँबासीहरुले बताएका थिए ।
साथै गाउँपालिकामा भइरहेको भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा विभिन्न किसिमको मुदामा गाउँपालिका अध्यक्ष विजय चौरसियाले फसाउने षड्यन्त्र सफल नहुने नेकपा एमालेका युवा नेता तथा प्रवक्ता पटेलले बताए।