काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई तत्कालीन राहतस्वरूप १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । साथै, घाइतेहरूको निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था मिलाइने पनि सरकारले जनाएको छ ।
सरकारले आन्दोलनका क्रममा भएका घटनाबाट प्रभावित परिवारलाई आवश्यक पुनर्स्थापना र सहयोगका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ । शान्ति र संवादमार्फत समस्या समाधान गर्ने दिशामा पहल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।