बिरगंज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं २ सुर्जाहामा गएराती आगलगी हुदा दुई वटा घर र पशु चवपाया जलेर लाखौको क्षती भएको छ । सुर्जाहा गाउँ निवासी रामरतन दास तत्वाको घरमा भएको आगलगीबाट दुई वटा भैंसी र एउटा बाख्रा जलेर मृत्युु भएको छ । भने रमेश दास तत्वाको घरबाट एउटी पाडी र पाँच वटा बाख्रा जलेर गम्भीर रुपमा घाईते भएका छन् । आगलगीबाट दुईटै घर जलेर पुर्ण रुपले क्षती भएको हो । आगलगी अन्दाजी करिब १ बजे रामरतन दासको घरबाट लामखुटे धपाउन बालिएको आगोबाट आगलगी भएपछी रमेश दासको समेत आगलगी भएको थियो।
स्थानिय बासीन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको स्थानियले जनाएका छन। आगलगी मा ५ लाख बराबर को क्षती भएको प्रहरीले जनाएको छ । घटना पछी पकहामैनपुर सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पकहामैनपुरले पुगेर आगलगीको क्षती बारे जानकारी तथा अनुगमन गरेको थियो। घटना स्थलबाट प्रहरी बेस केम्प कटीबाट सय मिटर को दुरीमा रहेपनी आगलगी हुदा एकजना प्रहरीहरु समेत आगलगी नियन्त्रण कार्यमा नपुगेको स्थानियहरुको गुनासो रहेको छ । प्रहरी बेश केम्प कटीको चरम लापर्वाहीका कारण स्थानियहरु आक्रोसित भएका छन ।