वीरगंज । पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका नगर प्रमुख नितेन्द्र साहले दुबईमा फसेका ७ जना युवाहरुको उदार गर्नु भएको छ।
नगर प्रमुख साह दुबई भ्रमणमा जानु भएको थियो साथै त्यस ठाउँको ब्यत्किहरुले भ्रमणमा गएको थाह पाए पछि नगर प्रमुख साहलाइ खबर गरेका थिए। युवाहरु बहुदरमाइ नगरपालिकाको धयानसिंह पिपराका युवाहरु हुन । युवाहरुलाइ एजेन्टले राम्रो काममा पठाइ दिन्छु भनि पैसा ठगि गरेको र राम्रो काममा अथवा कुनै सम्बन्धित कम्पनीमा नपठाएकोले उत्क युवा काम बिहिन भइरोइरहेको थियो। साथै खाना खान र बस्न समेत अभाव भएको थियो।
नगर प्रमुख साह दुबईमा ति युवाहरु सँग भेटी ति युवाहरुको पासपोर्ट समेत उपलबध गराइ ति युवाहरु लाइ खाना खान र बस्न को लागि समेत पैसाको ब्यवस्था गराइ र उनिहरूलाइ घर आउन नगर प्रमुख साह आफ्नो ब्यत्किगत खर्चबाट टिकट समेत बुक गराइ युवाहरुलाई स्वदेश फिर्ता पठाउनु भएको छ।
साथै ति युवाहरुलाइ काठमाडौंबाट घर सम आउनको लागि सुमोको ब्यवस्था समेत गर्नु भएको छ।