वीरगंज । वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी र बारा जिल्लाको नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सँग भेटघाट तथा छलफल भएको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोह बीच सङ्घकै कार्यकक्षमा बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सँग भेटघाट तथा छलफल गरेको छ ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोध कुमार गुप्ताको अध्यक्षतामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका पदाधिकारी, पूर्व अध्यक्ष, का.स.स., उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।