

वीरगंज । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन पर्साको आयोजनामा आज वीरगंजमा वृहत कार्यकर्ता भेला एवं अन्य संगठनबाट प्रवेश कार्यक्रम सम्पन्न भएको छ । संगठनका चन्द्रदेव चौधरीको अध्यक्षता एवं नेपाल निजामति कर्मचारी संगठनका सह संयोजक लेखनाथ कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कोईरालाले निजामति कर्मचारी बिरुद्ध आउने ऐन कानुनहरुलाई कार्यन्वयन गर्न नदिने बताउनुभयो । उहाँले निजामति कर्मचारीको हक हितको लागि संगठन सदैव काम गर्न तत्पर रहने जोड दिनुभयो । कार्यक्रममा एमाले पर्सा अध्यक्ष प्रभु हजरा, संबिधान सभा सदस्य प्रधुम्न चौहान, कालिकामाई गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पवन तिवारी,केन्द्रिय सचिवालय सदस्य भवानी दहाल, संगठनका प्रदेश २ का अध्यक्ष गौतम पोखरेल,केन्द्रिय प्रवक्ता प्रभा साह,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतकाले धारणा राख्नुभएको थियो। लगायतकाले धारणा राख्नुभएको थियो। सो अवसरमा अन्य संगठनबाट एमाले निकट कर्मचारी संगठनमा समाहित भएका कर्मचारीहरुलाई प्रमुख अतिथी कोइराला लगायत अन्य अतिथीहरुले फुलमाला र अबिर टिका लगाई स्वागत गरेका थिए । होटल रोयल प्यालेशमा सम्पन्न कार्यक्रमको सहजीकरण संतोष साहले गरेका थिए ।