

वीरगंज । हिन्दु स्वयंसेवक संघ नेपाल पर्साको आयोजनामा वीरगन्जमा आयोजित ७ दिने प्रथामिक शिक्षा वर्ग आज सम्पन्न भएको छ । सामारोहका प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष गुप्ताले हिन्दुत्वलाई कसरी अगाडी बढाउँन र हिन्दु समाजलाई कसरी जोड्न सकिन्छ त्यसको लागि आवश्यक पहल गर्न पनि हिन्दु स्वंयसेवक मार्फत उद्योग वाणिज्य संघ तयारी रहेको बताए । कार्यक्रममा हिन्दु स्वंयसेवक संघका राष्ट्रिय प्रचार प्रमुख डाक्टर दिपक अधिकारीले हिन्दु स्वंयसेवक संघ कुनै दलको राजनितिक गर्ने राजनितिक संगठन नगरेको स्पष्ट पारे । एकसता सम्म संचालित प्राथमिक शिक्षा वर्गका सहभागि शिक्षार्थीहरुले समारोहमा आ—आफनो प्रतिभा समेत प्रर्दशन गरेका थिए । वर्गका वर्गाअधिकारी सत्रुधन गिरीको अध्यक्षतामा सम्पन्न समारोहमा जिल्ला सघ चालक ललन द्धिवेदी, जनकपुर सम्भाग प्रचारक लक्ष्मण गिरी लगायत हिन्दु स्वयंसेवकहरुको सहभागिता रहेको थियो । यसअघि स्वंयसेवक संघले वीरगन्जमा भव्य रुपमा पथ संचालन समेत गरेको थियो । विपि उद्यान पार्कबाट निकालिएको पथसंचालन मेनरोड हुदै ओमआश्रम, रानीघाट, घडिअर्वा, कैलाशचोक, आर्दशनगर, माईस्थान, घण्टाघर हुदै पार्कमा पुगि समारोहमा परिणत भएको थियो ।