फिलिपिन्समा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६० जना पुगेको छ । ६ सय जना भन्दा धेरै घाइते भएका छन् । फिलिपिन्समा स्थानीय समय अनुसार राति १० बजे सेबु प्रान्तको बोगो सहरको पालोम्पोननजिकै केन्द्रविन्दु भएर ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भुकम्पपछि ६ सय ११ पटक भन्दा धेरै परकम्पहरु गएका छन् । अहिले खोज तथा उद्धारको काम चलिरहेको छ । भूकम्पले हल्लाउँदा भवनहरू भत्किएका छन् । कम गहिराइमा केन्द्रविन्दु रहेको भूकम्प टापुको उत्तरी छेउनजिक ९० हजार मानिसको बसोबास भएको सहर बोगोबाट केही पर गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।