पर्सा ८ कार्तिक
पर्साको पोखरिया नगरपालिकाको पाँचौ नगरसभा को दोस्रो बैठक समपन भएको छ । पोखरिया नगरपालिकाको सभा हलमा अाज भएको नगर सभा कार्यक्रम लाई पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले कार्यक्रम लाई उदघाटन गर्नु भएको थियोे । नगर सभा कार्यक्रम लाई संबोधन गर्दै भने जनता हरु , जनप्रतिनिधि र कर्मचारी हर को सहयोग र अाशिर्वाद ले ४ वर्ष बिताए र ५ वर्षको अन्तिम बजेट
राजनितिक खिचा तानी र बिबाद का बावजुद पनि सबै समस्या लाई झेलदै बिकास निर्माण लगायत शिक्षा ,स्वास्थ्य ,कृषि , बालबालिका, र पर्यटन लगायत को काम भएको छ। पोखरिया नगरपालिकाको बिकासमा समस्या भएपनी संघर्ष गरि नगरपालिकाका जनप्रतिनिधिहरु अगाडि बढेका छन। जनता हरु
जनप्रतिनिधि र कर्मचारीहरु बिच अाउदो दिनमा समन्वय गरि अगाडि बढाउने बताउनु भयो । जनप्रतिनिधि हरु ले गरेको बिकास निर्माण लगायत कार्य हरु लाई जनता हरु ले अवस्य मुल्यांकन गरिने हो यश अार्थिक वर्ष को समेत बिकास निर्माण को काम ईमानदारी पुर्वक गरि जनता हरु मा पहिचान बनाउन अाग्रह समेत गर्नु भएको हो। हामी जनप्रतिनिधि हरु को अन्तिम बजेट र अन्तिम अवधी समेत रहेको र सबै जनप्रतिनिधि हरु र कर्माचारी हरु लाई धन्यवाद समेत दिनु भएको हो ।
। नगर सभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको ५० करोड ६२ लाख १९ हजार २ सय ६७ रुपैयाँको बजेट नगर सभा कार्यक्रममा प्रस्तुत उप मेयर सलमा खातुन ले प्रस्तुत गरनु भएको थियोे ।
अाज भएको नगरसभामा बाट अान्तरिक स्रोत ९ करोड ३१ लाख। समानिकरण अनुदान ११ करोड ७५ लाख ।ससर्त अनुदान १९ करोड८९ लाख।राजस्व बाँडफाड बाट ७ करोड १७ लाख।प्रदेश सरकार बाटफसमानिकरण अनुदान ८० लाख ४४ हजार।सशर्त ८० लाख ।विशेष अनुदान ३० लाख ,समपुर्क २० लाख र राजस्व बाँडफाड ४० लाख ५२ हजार गरि ५० करोड ६२ लाख को बजेट प्रस्तुत गरिएको हो । नगर सभा कार्यक्रममा पहिलो प्राथमिकता मा रहेको बालिका स्वर्ण बिमा नेपाल को पहिलो पोखरिया नगरपालिका ले लागू गरेको मा अाज पनि बालिका हरु को लागि बिमा को निरन्तर्ता दिएका छन। स्वास्थ्य ,शिक्षा,कृषि ,पशु ,पर्यटन,भौतिक पुर्वधार बिकासमा विशेष जोड नगर प्रमुख रौनियारले दिनु भएको छ । कार्यक्रम नगरप्रमुख दिपनारायण रौनियार को अध्यक्ष्ातामा समपन भएको थियो।
नगर सभा कार्यक्रममा नगर उपप्रमुख सलमा खातुन, नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृत असोक कोईराला,
वार्डअधयक्ष बंका राउत कुर्मी,सुरेन्द्र यादव,अजय कुमार गुप्ता ,लक्षमण साह कानु,उमाकान्त साह,शियानन्द चौहान,नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान,सोनालाल साह गोढ, नगरकार्यपालिकाका सदस्य, नगर सदस्य अधिकृत बिजय झा,स्वास्थ्य संयोजक कौसलेन्द्र झा, योजना प्रमुख संजय पाण्डे ,अाईटी अौफिसर अरबिन्द दुबेदी,संदिप साह,राजु रौनियार, कर्मचारीहरु, पत्रकार, लगायतको सहभागिता रहेको थियो। कार्यक्रम मा स्वागत मन्तब्य प्रमुख प्रसासकिय अधिकृत असोक कोईराला ले गर्नु भएको थियो भने
कार्यक्रम नगरपालिकाको सह लेखापाल मनोज तिवारीले संचालन गर्नु भएको थियोे ।