वीरगंज । संबिधान सभाका सदस्य एवं नेकपा एमाले प्रदेश २ का सदस्य राजकुमार गुप्ताले पर्साको पकाहामैनपुर गाँउपालिका वडा नम्बर ४ धोयिबा टोलका स्थानिय संग भेटघाट गर्नुभएको छ । भेटघाटको अवसरमा स्थानियहरुको समस्याबारे नेता गुप्ताले जानकारी लिनुभएको थियो । टोलका स्थानियले गाँउपालिकाले टोलको बिकाश बारे चासो नलिएको गुनासो गरेका थिए । नेता गुप्ताले पालिका प्रमुख चरम भ्रष्टाचारमा लिप्त भएको र जनताको काम भन्दा पनि आफनो आसेपासेको बिकाशमा केन्द्रित भएकोले टोलको बिकास हुन नसकेको बताएका थिए । टोलमा बिकाश गर्न एमाले नेतृत्वको सरकार आवश्यक भएकोले उहाँले आउने चुनावमा एमालेलाई बिजयी गराउन अनुरोध समेत गर्नुभएको थियो । सो कार्यक्रमको अवसरमा प्रदेश कमिटी सदस्य संजिव मिश्रा , राष्ट्रिय युवा संघका पर्सा अध्यक्ष महम्द निजाम ,राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता, पकहामैनपुर गाउँपालिका कमिटी अध्यक्ष अकलेश साह , सचिव राजेश सहनी , राष्ट्रिय युवा संघ जिल्ला सदस्य कृष्णा कुशवाहा , गाउँपालिका नेता धामु शर्मा , रामबाबु चौरसिया , अब्दुल्हा मियाँ लगायतको उपस्थिती रहेको थियो ।