बीरगंज । जनता समाजवादी पार्टी पर्साले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय समितिले दिपावली र छाठ पर्वको शुभ अवसरमा आयोजना गरेको बिन्दबासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले बताएका छन् । प्रदेश २ मुख्यमन्त्रीको प्रमुख अतिथ्यातामा सम्पन्न भएको कार्यक्रममा पर्सा क्षेत्र नं ३ का निलम्बित सांसद हरिनारायण रौनियार , प्रदेश सांसद मन्जुर अन्सारी , करिमा वेगम , जन्नत अन्सारी , सिंगासन साह तेली , जसपा जिल्ला अध्यक्ष रामनरेश यादव , वीरगंज महानगरपालिका मेयर विजय कुमार सरावगी , पोखरिया नगरपालिकाका उपमेयर सालमा खातुन लगायतले शुभकामना मन्तव्य राखेका थिए । जसपा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा फिरोज मन्सुर , गौरीशंकर साह , बिरेन्द्र यादव र पालिका अध्यक्षहरु विजय चौरसिया, प्रदिप जयसवाल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।