बीरगन्ज । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्याक्ष रामानन्द गुप्ताको स्मृतिमा आईतबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलामा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ।सभामा बोल्दै पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले स्वर्गीय गुप्ताको बारेमा चर्चा गर्दै उनले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, प्रेस काउन्सिलका सदस्य लालबाबु शेष, नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, नेता महेश दास, प्रदेश सदस्य त्रिलोकी यादव, रक्सौल प्रेस क्लबका विपीन कुमार कुशवाहा, केन्द्रीय परिषद सदस्य विजय भण्डारी, महेश चन्द्र गौतम, लगायतले आ—आफ्नातर्फबाट शोक मन्तव्य व्यक्त गरेका थिए ।अध्यक्ष अनुप तिवारीको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव भूषण यादबले गरेका थिए ।