वीरगंज,कार्तिक १४
तिलावे पुल निर्माण दबाब समूहले आज पर्साका प्रमुख जिल्ला अधिकारि उमेश ढकाल र हुलाकी सडक निर्माण निर्देशनालय बिरगंजमा ज्ञापन पत्र बुझाएको छ । बिभिन्न दल आवद्ध युवा एवं समाजसेवीहरु सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझदै प्रजिअ ढकालले तत्काल डाइभर्सन बनाउने र निर्माण कार्य अगाडि बढाउन निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेको दवाब समुहका नेता राकेश यादवले जानकारी दिनुभयो । यसैगरी हुलाकी निर्देशनालयले पुलको जिम्मा पप्पु र लुम्बिनी कै भएको बताएको थियो। समुहले पुल निर्माण गर्न हिजो तिलावे पुलमा धर्ना प्रर्दशन गरेको थियो भने आज बिहान घण्टाघरमा हस्ताक्षर अभियान संचालन गरेको थियो ।