

बीरगंज । "अपन राधेमाई युवा क्लव"ले एक वर्षको गौरवशाली यात्रा पार गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ । विगत एक वर्षमा क्लवलाई निरन्तर सहयोग गर्दै आउनुभएको सहयोग कर्ताहरुलाई आज सम्मान गर्ने कार्यक्रम राखिएको हो। यस कार्यक्रमको प्रमुख अतिथि पर्सा क्षेत्र नं १ का संघीय सांसद प्रदीप यादव ,विशिष्ठ अतिथि श्रीपुर वार्ड प्रहरी कार्यालयका असई कमल राजभण्डारी ,सभापति अपन राधेमाई युवा क्लबका अध्यक्ष पवन यादव, अतिथि वीरगन्ज महानगरपालिका वार्ड नं १३ का वडा सचिव रामचन्द्र पट्वारी ,अतिथि सामाजिक अभियन्ता जयप्रकाश थारुको विशेष उपस्थितिमा आजको कार्यक्रमलाई सुरुवात गरिएको हो । हामी सम्पूर्ण नेपाली आमाका सन्तान हुनु झै आफ्नो आमालाई संझिदै राष्ट्रिय गानको पहिचान दिँदै ,प्रमुख अतिथिद्वारा दीप प्रज्जवलन गरी सम्पूर्ण अतिथिगण हरुलाई खादा लगाई औपचारिक रूपले यस कार्यक्रम लाई प्रारम्भ गरिएको हो। विभिन्न कठिनाई ,चुनौती पूर्ण समयलाई मध्य नजर गर्दै सहज ढंगले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको यो संस्थाले सहर देखि ग्रामीण भेगका क्षेत्रहरूमा पनि ठूलो ठूलो योगदान गरेको छ।सामाजिक क्षेत्रहरूमा निकै योगदान गर्दै आउनुभएको सामाजिक अभियन्ता , समाजसेवी तथा सहियोगी हरुलाई यस क्लब द्वारा सम्मान पत्र स्वरूप सम्मानित गरिएको छ। क्लवलाई एक वर्ष सम्म आफ्नो मिहिनेत ,लगनशीलता तथा सकारत्मक भूमिकाले निकै कठिनाई झेली ,दुःख सुख मा साथ दिँदै ,एक परिवार सम्झी बुझी ,व्यवहारिक सोचले क्लवलाई यहाँ सम्म पुरयाई दिनु भएकोमा क्लबका सम्पूर्ण सदस्य हरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दै र साथ साथै अबको आगामी दिनहरुमा पनि यस्तै सोचले तपाईहरु सहयोग गर्नु हुन्छ भने हामी विश्वस्त भई तपाईहरुबाट अपेक्षा पनि राखेका छौं जस्तो कुरा क्लबका अध्यक्ष यादवज्ले भन्नु भयो। तन मन धनले हुने हरेक सहयोग यस क्लवलाई गर्नेछु भने प्रमुख अतिथि यादव द्वारा प्रतिबद्धता पनि गरिएको छ । आगामी दिनमा पनि यस क्लवले अथक मिहिनेत पश्चताप पर्सा जिल्लामा ठूलो नाम कमाउने छ र बिना कुनै लोभ लालचले यो संस्था निरन्तर समाजमा परिवर्तन गर्नको लागि काम गरिरहेको छ भने भनाइको साथ शुभकामना पनि अतिथि यादव द्वारादाा मन्तव्य राखियो।यस अपन राधेमाई युवा क्लब नामले मात्र होइन काम गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ र समाजको विकासको लागि निरन्तर सामाजिक गतिविधि हरु गर्दै आइरहेकोले क्लवका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै र आउने दिनमा मबाट हुने हरेक सहयोग यस क्लवलाई गर्ने छु भने सामाजिक अभियन्ता प्रकाश थारुद्वारा प्रतिबद्धता गरिएको छ। आजको यस कार्यक्रममा क्लवका उपाध्यक्ष रचना अधिकारी, कोषाध्यक्ष नन्दलाल साराफ,सचिव विनय कुशवाहा,वरिष्ठ सल्लाहकार मुकेश श्रीवास्तव,सदस्य प्रितम गुप्ता,धीरज पटेल,निरज कुमार , डेविड मुखिया,सन्दीप कुशवाहा लगायतको उपस्थितिमा यो कार्यक्रम भव्य रूपले राधेमाई मन्दिर को प्राङ्गणमा सफल भएको छ।