वीरगञ्ज l मधेश विश्वविद्यालयका विद्यार्थीहरूले विश्वविद्यालयभित्र फैलिएको अनियमितता, स्वार्थपोषण र राजनीतिक हस्तक्षेपको विरोध गर्दै मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई ज्ञापनपत्र बुझाएका छन्। विद्यार्थीहरूले विश्वविद्यालयमा सुशासन, पारदर्शिता र योग्यता आधारित नियुक्ति सुनिश्चित गर्न मुख्यमन्त्रीको तत्काल हस्तक्षेपको माग गरेका छन्।
विद्यार्थीहरूको भनाइ अनुसार, विश्वविद्यालयमा पछिल्लो समय प्रशासनिक पदहरूमा ‘Conflict of Interest’ का आधारमा राजनीतिक पहुँचका व्यक्तिहरूलाई नियुक्त गरिँदै आएको छ। उनीहरूले भनेका छन्— “विश्वविद्यालयलाई शिक्षाको मन्दिर होइन, राजनीतिक लाभको केन्द्र बनाउने प्रयास भइरहेको छ।”
ज्ञापनपत्रमा विद्यार्थीहरूले Coordinator र अन्य पदहरूमा गैरकानुनी र पक्षपातपूर्ण नियुक्तिहरू तत्काल खारेज गर्न र विश्वविद्यालयमा सुशासन कायम गर्न आग्रह गरेका छन्।उनले थप भनेका छन् कि यस्तो गैरपारदर्शी अभ्यासले शिक्षाको गुणस्तर घटाउँदै विद्यार्थीको भविष्यमा प्रतिकूल असर पारेको छ।
मुख्यमन्त्री जितेन्द्र सोनललाई बुझाइएको उक्त ज्ञापनपत्रमा मधेश विश्वविद्यालयका विभिन्न संकायका विद्यार्थी प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।