काठमाडौं । नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग ३ विकेट पराजित भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा ४ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। ओपनर सन्दीप जोराले ३९ र अर्को ओपनर लोकेश बमले नटआउट ३१ रन बनाएका थिए।
जवाफमा श्रीलंकाले ५.३ ओभरमा ३ विकेट गुमाउँदै ८९ रन जोड्दै खेल जितेको थियो। रुपेश सिंहले लगातार २ विकेट र अर्को विकेट लोकेश ले लिएका थिए।
यसअघि आजै समूह चरणमा नेपाल दक्षिण अफ्रिकासँग नेपाललाई ४ विकेटले पराजित भएको थियो ।
नेपाललाई ३.३ ओभरमा अल आउट गरेको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर जित निकाल्यो । नेपालका लागि दुबै विकेट लोकेश बमले लिए ।
त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।
हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको आफ्नो दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समयअनुसार बिहान ११:३० बजे सुरु हुने।