वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका स्थित नेपाल भारत सीमा नाका आइतवार बिहान देखि आंशीक रुपमा सिल गरिएको छ ।भारतका उपराष्ट्रपति बंकैया नायडु , बिहार मोतीहारीको पिपराकोठीमा आएकाले त्यसैलाइ लक्षित गरि भारतीय सुरक्षा अधिकारीहरुको आग्रहमा वीरगञ्ज रक्सौल नाकामा आइतवार बिहान देखि सोमबार सम्मका लागि आंशीक रुपमा निजी सवारी साधन बन्द गरिएको छ भने पैदल यात्रुहरुलाइ आवत जावत सुचारु रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । आइतवार बिहान देखि पैदल यात्रुहरुलाइ भने रक्सौल आउजाउ गर्न दिइएको तर गाडीहरुको आवागमन भने पूर्ण रुपमा रोकिएको छ । नाका आंशीक रुपमा सिल गरिदा छठ पूजाको लागि रक्सौल किनमेल गर्न जानेहरुलाइ सास्ती भएको छ ।सिमावर्ती भारतीय शहरमा भारतीय उपराष्ट्रपतिको भ्रमण भएकाले सुरक्षाको ख्याल राख्दै भारतीय सुरक्षा अधिकारीहरुको आग्रहमा आइतवार बिहान देखि भोली सम्मका लागि मात्रै वीरगन्ज रक्सौल नाका आंशीक सिल गरिएको हो ।