वीरगन्ज २३ कार्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई बधाई दिएकी हुन् । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति हुन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी हुन् । राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी बाइडेन र ह्यारिसको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएकी बताएकी छन् ।