वीरगञ्ज २३ कार्तिक : वीरगञ्जमा यस बर्ष छठपर्वलाइ लछित गरि विभिन्न ठाउँमा साजसज्जा काम तिव्र रुपमा भइरहेको छ । वीरगञ्ज स्थित घडिअर्वा पोखरीमा बेहुलीझैँ सिङ्गारिएको छ । घडिअर्वा पोखरी अगाडिको सडकमा साजसज्जा गरिएको छ । यत बिरगञ्ज स्प्रिट क्लबले महापर्व छठको उपलक्ष्यमा घडिअर्वा पोखरी नजिक गिता मन्दिर रोडमा फुड फेस्टिबलको आयोजना गर्न लागेको छ । भोली बुधबार र विहिबार फेस्टिबलको आयोजना गर्न लागेको क्लबका अध्यक्ष ओशन गुप्ताले बताए । सो अवसरमा फेस्टिबल आयोजना हुने स्थल लगाएत विभिन्न ठाँउहरुमा पहिलो पटक रंगीचंगी छाता चंगासहित झिलिमिली बत्तीहरु प्रयोग गरी सजाइएको र खुला कन्सर्टसहित निस् शुल्क टिकट रहेको क्लबका अध्यक्ष गुप्ताले जनाए । अघिल्ला २ वर्ष कोरोना कहरबीच घरमै पूजा अर्चना गरेका कतिपय व्रतालुले यस वर्ष पनि छट घाटमा पूजा अर्चना गर्ने तयारी गरेका छन् । यहाँका छठ घाटको साजसज्जा अन्तिम चरणमा रहेको छ । यस वर्ष कोरोनाकाल नरहेकाले पनि व्रतालुमा विशेष उत्साह रहेका छ । वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सजाइने काम र पोखरी तथा घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । घडीअर्वा, नगवा, रानीघाट, मुर्ली, छपकैयालगायतका पोखरीसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सजाइने काम भइरहेको छ ।


