भारतको बिहार राज्यमा हालै सम्पन्न विधानसभा निर्वाचनबाट परम्परागत राजनीतिक शक्ति खासगरी मौजुदा सत्ता गठबन्धनले नै जनादेश प्राप्त ग¥यो ।
राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)ले बिहार विधानसभामा दुई तिहाइभन्दा बढी सिट हासिल गर्दा आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रचार गर्दै पहिलो पटक निर्वाचनमा सहभागी भएको ‘जन सुराज पार्टी’ले एक सिट पनि जित्न सकेन ।
सो पार्टीका प्रमुख नेता प्रशान्त किशोर हुन् । उनी र उनको पार्टीका लागि बिहार विधानसभा निर्वाचन पहिलो ठुलो चुनावी परीक्षा थियो । प्रशान्त किशोरको छविका आधारमा तयार गरिएको आक्रामक र व्यापक प्रचार अभियानका बाबजुद जन सुराज पार्टीले सुरुवाती उत्साहलाई भोटमा परिणत गर्न सकेन ।
२४३ मध्ये २३८ सिटमा उम्मेदवारी दिएको यो पार्टीले एक सिट पनि जित्न सकेन । जबकि निर्वाचन प्रचार प्रसारदेखि चुनावी मैदानसम्म यो पार्टीको राम्रो प्रभाव देखिएको थियो । प्रशान्त किशोरको पदयात्राले राज्यभरि नै नयाँ पार्टीको बलियो उपस्थिति देखाएको थियो ।
जन सुराज पार्टीको यो अवस्थाबारे बुझ्न एउटा मत सर्वेक्षणको नतिजालाई केलाउन उपयुक्त हुन्छ । उक्त मत सर्वेक्षणले यो पार्टी जनतामा कति परिचित थियो र यसप्रति जनताको बुझाइ के थियो भन्ने देखाएको छ ।
प्रभाव सीमित रह्यो
सर्वेक्षण अनुसार प्रत्येक १० मध्ये ४ मतदाता (३९ प्रतिशत)ले आफूलाई फोन कल, एसएमएस, ह्वाट्सएप या सामाजिक सञ्जालमार्फत कम से कम एउटा राजनीतिक सन्देश प्राप्त भएको बताएका थिए, जसमा भारतीय जनता पार्टी (भाजपा) अन्य पार्टीभन्दा अगाडि थियो ।

यसैगरी ४३ प्रतिशत मतदाताले आफूसँग घरदैलो कार्यक्रममार्फत दलहरूले सम्पर्क गरेको बताएका थिए । मतदातासँग यसरी सम्पर्क गर्ने सवालमा जन सुराज पार्टी तेस्रो नम्बरमा थियो । यस प्रकारको सम्पर्कले यो पार्टीलाई बिहारका स्थापित दलकै बराबरीमा ल्याएको थियो तर यसका बाबजुद उसले सीमित मत पायो ।
केवल १८ प्रतिशत मतदाताले पार्टीको पहिलो १०० दिनको प्रतिबद्धतालाई हेरेर मत दिएको बताउँदा २३ प्रतिशतले यस्तो प्रतिबद्धताबाट केही हदसम्ममात्र प्रभावित भएको जबाफ दिएका थिए ।
अधिकांश मतदाताले यस्ता प्रतिबद्धता आफ्नालागि कुनै महत्त्व नहुने वा प्रतिबद्धताका बारेमा आफूलाई जानकारी नै नभएको बताएका थिए ।
प्रशान्त किशोरले आफ्नो अभियानलाई विकास केन्द्रित गर्दै मतदातासमक्ष पहुँच बढाएका थिए । यद्यपि उनको पार्टीले मतदाताको विश्वास जित्न सकेन ।
उनको पार्टी व्यापक सामाजिक या पहिचानयोग्य समर्थन हासिल गर्न असफल भयो । जबकि बिहारमा निर्वाचनको नतिजालाई यही पक्षले बढी प्रभाव पार्ने गर्दछ ।
पार्टी र यसको नेतृत्वलाई लिएर अस्पष्टता
जन सुराज पार्टीका लागि उसको पहिचान र उद्देश्यलाई लिएर अनिश्चितता रहनु पनि एउटा अर्को चुनौती बन्यो । सर्वेक्षणमा मतदातालाई सोधिएको थियो– के जन सुराज पार्टी एक विश्वसनीय नयाँ विकल्पको प्रतिनिधित्व गर्छ ? या यो पार्टी एउटा राजनीतिक संगठनमा मात्र सीमित छ ?

यसमा मतदाताको धारणा मिश्रित थियो । ४७ प्रतिशत मतदाताले यो पार्टीलाई एक वास्तविक विकल्पका रूपमा लिएको पाइयो भने ३० प्रतिशत मतदाताले यसलाई वैकल्पिक शक्तिका रूपमा मान्न अस्वीकार गरे । २३ प्रतिशतले भने यसबारे केही बताउन चाहेनन् ।
युवा मतदाताचाहिँ यो पार्टीको पक्षमा धेरै देखिए । १८–२५ वर्ष उमेर समूहका ५५ प्रतिशत मतदाताले जन सुराज पार्टीलाई विश्वासिलो विकल्पका रूपमा स्वीकार गरेको पाइयो । बाँकी मतदातामा भने यस्तो भरोसा देखिएन ।
४४ प्रतिशत मतदाताले यो पार्टीले बिहारमा सार्थक परिवर्तन ल्याउन सक्ने विश्वास गरेका थिए भने ३६ प्रतिशतले चाहिँ यो पार्टी र यसका नेतामा राजनीतिक अनुभवको कमी रहेको बताएका थिए ।
१८–२५ वर्ष उमेर समूहका नयाँ मतदातामध्ये ५९ प्रतिशतले जन सुराज पार्टी र यसका नेतालाई सकारात्मक रूपमा लिएको देखियो भने ५६ वर्ष र त्यसभन्दा बढी उमेरका मतदातामा यस्तो धारणा राख्नेको संख्या केवल ४० प्रतिशत रह्यो ।
यस अतिरिक्त २४३ विधानसभा सिटमध्ये २३८ सिटमा उम्मेदवारी दिने महत्त्वाकांक्षी निर्णय पनि यो पार्टीको पक्षमा देखिएन । एकसाथ धेरै सिटमा उम्मेदवारी दिँदा मतदाताहरूलाई उम्मेदवारबारे जान्ने–बुझ्ने समय नभएको पाइयो ।
परिवर्तनको माग तर मिश्रित समर्थन
जन सुराज पार्टीलाई राजनीतिक माहोलको पनि असर परेको देखियो । मतदातालाई बिहारमा नयाँ राजनीतिक विकल्पको खाँचो छ कि मौजुदा गठबन्धन नै पर्याप्त छ भनेर पनि प्रश्न गरिएको थियो ।
४२ प्रतिशतले नयाँ विकल्पको समर्थन गरेका थिए भने त्यत्तिकै प्रतिशतले मौजुदा गठबन्धनकै पक्षमा समर्थन जनाएका थिए ।
जसले नयाँ विकल्प चाहेका थिए, तिनले पनि जन सुराज पार्टीलाई निर्णायक समर्थन नगरेको देखियो । एउटा ठुलो हिस्साले दुई प्रमुख गठबन्धनमध्ये कुनै एकलाई मत दिएको देखियो ।
परिवर्तनको चाहना राख्नेहरूले पनि नयाँ पार्टीलाई समर्थन गरेनन् । यो पार्टीलाई समर्थन गर्नेहरूले आफ्नो समर्थन इच्छामै सीमित गरिदिए, मतमा समर्थन गरेनन् ।
युवा मतदाताले जन सुराज पार्टीलाई समर्थन त गरे तर कुल नतिजा परिवर्तन गर्न त्यतिले मात्र सम्भव भएन । युवाहरूका बिच जन सुराज पार्टीको मत सेयर प्रौढ मतदाताको तुलनामा बढी थियो । जन सुराज पार्टीको पहिलो निर्वाचन परीक्षाबाट प्रस्ट भएको छ कि यो पार्टीले जनतामा उत्सुकता सिर्जना ग¥यो । युवाहरूको ध्यानाकर्षण ग¥यो र आफूलाई बिहारको राजनीतिमा नयाँ खेलाडीका रूपमा पेस ग¥यो ।
यसका बाबजुद यो पार्टीले मतदाताको एउटा ठुलो हिस्सामा शासनका लागि आफू विश्वासिलो विकल्प हो भन्ने भरोसा जगाउन सकेन ।
परम्परागत वफादारी, जाति आधारित गठबन्धन र क्याडर आधारित कामकाजी मुख्य भूमिका निर्वाह गर्ने एक यस्तो राज्यमा यति धेरै संख्यामा उम्मेदवार खडा गरेकै कारण मतदातालाई आफ्ना उम्मेदवारबारे जान्ने मौका मिलने र जन सुराज पार्टीले आफ्नो उपस्थिति महसुस गराउनका बाबजुद जित हासिल गर्न सकेन ।