

बीरगंज।साढे चार बर्ष बिति सक्दा पनि बाराको महागढीमाई नगरपालिकाले कुनै गतिलो काम नगरेको नगरपालिकाकै वडा अध्यक्ष चन्दन साहले आरोप लगाएका छन ।एफ.एम.को कार्यक्रम समय सन्र्दभमा कुरा गर्दै वडा नम्बर १० का वडा अध्यक्ष साहले सो आरोप लगाए । साहले मेयर उपेन्द्र यादवले बिकाशको नाममा आफनो कार्यकर्ता पोषने काम मात्र गरेका आरोप लगाए । गंजभवानीपुरमा निर्माण हुन लागेको अस्पताल पनि मेयर यादवकै कारण अलपत्र परेको वडा अध्यक्ष साहले दावी गरे । यसैगरी जसपाका युवा नेता राजाबाबुले मेयर यादवको असक्षमताका कारण बारामै महागढीमाई नगरपालिका पछाडी परेको बताए । नगरपालिकाको बजेट सहि ढंगले कार्यन्वयन नहुदा हाल सम्म पनि वडाको बिकाश हुन नसकेको बताए । उनले शिक्षा,स्वास्थ्य ,कृषि लगायतको क्षेत्रमा व्यापक भ्रष्टाचार भएको र मेयर यादवले कमिशनको भरमा मात्र काम गर्ने गरेको आरोप लगए । त्यसैगरी अर्का युवा नेता कृष्णा यादवले मेयरको कारण नगरपालिका असफल भएको दावी गरे । नगरपालिकामा करोडौ बजेट आएपनि बिकाश हुन नसकेको बताए । मेयर यादवले साढे चार बर्षमा कार्यकर्ता पोस्ने काम मात्र गरेको आरोप समेत लगाए । नेता राजाबाबुले अहिले पनि नगरपालिका भित्रका सामुदायिक बिद्यालयका बिद्यार्थी बोरा ओच्छ्यार पढन बाध्य भएको बताए । मेयर यादवले आफनो वर्चस्व कायम गर्न प्रदेश सरकारले प्रदान गर्न लागेको साईकल बितरणमा समेत रोक लगाएको वडा अध्यक्षले आरोप लगाए ।