बारा । बारा प्रहरीले मंसिर ११ गते प्रसौनी–६, भलुही चोक नजिक फेला परेको राम किशोर सिंहको विभत्स हत्यामा संलग्न दुई जनालाई प्रहरीले १६ घण्टाभित्रै पक्राउ गरेको छ।
फ्याक्ट्रीमै काम गर्ने धनकौल–२का ५० वर्षीय राम किशोर सिंहलाई कामसम्बन्धी पुरानो विवादका कारण पर्सा–२२, मनियारीका २१ वर्षीय राजन कुमार राम र उसका साथी प्रमोद साह तुरहाले धारिलो हतियार र ईट प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका राजनलाई छिपहरमाई–५, भिस्वा नाकाबाट भारततर्फ भाग्दै गरेको अवस्थामा, भने प्रमोदलाई वीरगंज–२२ मा लुकेर बसेको ठाउँबाट पक्राउ गरिएको हो।
प्रहरीले घटनास्थलबाट रगत लागेको छुरा र ईट बरामद गरेको छ। दुवैलाई अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।