जनकपुरधाम । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि चयनका लागि महोत्तरी क्षेत्र नम्बर १ मा भएको मतदानमा मधेसका प्रदेशसभा सदस्य शारदा थापा पराजित भएकी छन् ।
१० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको मतदानमा प्रदेशसभा सदस्य थापा पराजित भएकी हुन् । थापा ३ मतको अन्तरले पराजित भएकी हुन् ।
महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानमा संस्थापन पक्षका ९ जना विजयी भएका छन् । प्रदेशसभा सदस्य थापा इतर पक्षको हुन् ।