वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलेर ल्याइएको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट भन्सार छली ल्याइएको साानसहितको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले ना ६ ख १३७ नम्बरको मालवाहक ट्रकमा खुद्रा तथा हार्डवेयर लगायतका सामान भन्सार छली गरी रूपन्देहीतर्फ लाँदै गरेको सूचनाको आधारमा ट्रक नियन्त्रणमा लिएको हो। ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकभित्र विलबिजकभन्दा बढी किराना तथा हार्डवेयर सामानहरू लोड रहेको देखिएकोले ट्रक र चालक मकवानपुर राक्सीराङ गाउँपालिका–३ बस्ने सुन बहादुर थिङलाई पनि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए। ट्रकसहित सामान र चालकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको खनालले बताए।