जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले विश्वासको मत माग्ने प्रयोजनका लागि राखिएको बैठक विपक्षी ७ दलले बहिस्कार गरेको थियो ।
बहिस्कारका बिच सदनलाई सम्बोधन गरेका उनले खाली कुर्सीसँग आफूले विश्वासको मत नमाग्ने भन्दै राजीनामा दिएको भन्दै सदनलाई जानकारी दिए । उनले आँखामा आँखा जुटाएर आउने हिम्मत विपक्षी दलमा नभएको भन्दै आक्रोश समेत पोखे ।
उनले राजीनामा दिनुअघि आफूले २२ दिनको अवधिमा गरेको कामकारबाहीका विषयमा जानकारी गराएका थिए ।