वीरगञ्ज । युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा खेलकुद विभाग प्रमुख महमद निजामुदिन (निजाम) नेकपा एमालेको ११औँ महाधिवेशनका लागि पर्साबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। उनी पर्सा क्षेत्र नं. १ बाट युवा तर्फ सर्वसम्मत चयन हुँदै महाधिवेशन प्रतिनिधि बनेका हुन्।
पर्सामा विभिन्न तहमा भएको लामो छलफलपछि सबै प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरिएको एमाले नेताहरूले जानकारी दिएका छन्। बिरगञ्ज महानगरका पूर्वमेयर विजय कुमार सराउगी, महानगर अध्यक्ष नवराज शर्मा, जिल्ला अध्यक्ष बिसम्बर शर्मा, बसरुदिन अन्सारी, राजेन्द्र यादव लगायतका नेता उपस्थित रहँदै सर्वसम्मत चयन प्रक्रिया सम्पन्न गरिएको थियो।
युवा नेताका रूपमा छुट्टै पहिचान बनाएका निजाम पर्साका भविष्यका नेतृत्वका सम्भावित पात्रका रूपमा हेरिन्छन्। उनी प्रदेश कमिटी सदस्य समेत रहेका छन्। ४० वर्षमुनिका सक्षम युवा नेताको रूपमा उनलाई संगठनले आगामी दिनमा महत्वपूर्ण भूमिकामा देखिरहेको छ।
पर्साका ३६ प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। चारवटा निर्वाचन क्षेत्र रहेको पर्साबाट खुला तथा आरक्षित कोटा गरी ३६ जनालाई महाधिवेशन प्रतिनिधि चयन गरिएको हो।
पर्सा–१ युवा : महमद निजामुदिन (निजाम) महिला : मुन्ना दाहाल, रञ्जु फुयाल, सबिता गिरी खुला : विजय कुमार सराउगी, नवराज शर्मा, बिसम्बर शर्मा, बसरुदिन अन्सारी, राजेन्द्र यादव चयन भएका छन्।
पर्सा–२ युवा : सन्तोष पासवान महिला : सीता लामा, रमिला खातुन खुला : उस्मान अन्सारी, मनोज कुस्वाहा, लियाकत अली, जय नारायण कुर्मी चयन भएका छन्।
पर्सा–३ युवा : रवि गुप्ता महिला : रुबि देवी, उर्मिला देवी, सबिना खातुन खुला : प्रह्लाद गिरी, प्रधुमन चौहान, प्रमोद जैसवाल, शिव पटेल चयन भएका छन्।
पर्सा–४ युवा : सुबास साह महिला : गोकेली रेग्मी, अन्शु आनन्द खुला : जालिम मियाँ, मनोज गुप्ता, लालबाबु श्रेष्ठ, बिरेन्द्र यादव दलित कोटा (सर्वसम्मत) युवा : अनिल हजार महिला : परम्शिला देवी पुरुष : मेघराज हजार, सुरेश पासवान चयन भएका हुन ।
यससँगै पर्साबाट महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरू पूर्ण रूपमा सर्वसम्मत भएका छन्।