वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज परिवारद्वारा आयोजित पिस पोस्टर कन्टेस्ट–२०२५मा रोयल एकाडेमी विद्यालयकी कक्षा–८ की विद्यार्थी हर्षिता कुशवाहाले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेकी छन्। कला क्षेत्रमा देखाएको उनको रुचि, कडा परिश्रम र निरन्तर अभ्यासले प्रतियोगितामा प्रभावशाली प्रस्तुति दिन मद्दत गरेको विद्यालयले जनाएको छ।
पुरस्कार प्राप्त गरेपछि हर्षिताले प्रतियोगिता आयोजना गरी आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेकोमा लायन्स क्लब अफ वीरगञ्ज परिवारप्रति हार्दिक आभार व्यक्त गरिन्। साथै उनले शिक्षक–शिक्षिका, सहपाठी तथा साथीसङ्गीहरूबाट पाएको सहयोग र प्रेरणाले आफूलाई थप उत्साहित बनाएको बताइन्।
विद्यालयकी प्रधानाध्यापक विजया ओझैयाले हर्षिताको सफलता प्रशंसनीय रहेको उल्लेख गर्दै विद्यालयका विद्यार्थीहरूले विभिन्न अतिरिक्त क्रियाकलापमा निरन्तर रूपमा उत्कृष्ट उपलब्धि हासिल गर्दै विद्यालयको प्रतिष्ठा बढाइरहनु सकारात्मक पक्ष भएको बताइन्। उनले हर्षितालाई बधाई दिँदै आगामी दिनमा अझ ठूलो सफलता प्राप्त गर्ने दृढ विश्वास व्यक्त गरिन्।