वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेकाे सरुवा भएकाे छ । उनकाे ठाउँमा महानगरिय प्रहरी परिसर काठमाडाैंमा कार्यरत रहेका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत आउने भएका छन् । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ।शनिबार साँझ गृह मन्त्रालयमा बसेको बैठकले एक बर्ष अबधि नाघेका एसपीहरुको सरुवा गर्ने निर्णय गरेको हो।
सरुवामा केही जिल्लाका प्रमुखहरु पनि फेरिएका छन्। जसअनुसार आकर्शक जिल्ला मानिने पर्सामा महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी रमेश बस्नेतको सरुवा भएको छ भने सर्लाहीमा कृष्ण प्रसाई तथा मकवानपुरमा सुरेन्द्र बहादुर गुरुङको सरुवा भएको छ।त्यस्तै नुवाकोटमा राम प्रकाश शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, धादिङमा राकेश सिंह तथा धनुषामा बसन्त रजौरेको सरुवा भएको छ। सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ ।