बीरगंज । पर्सामा धान झार्ने थ्रेसरले च्यापेर ८ वर्षीय बालकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका- ६ माधवपुर बस्ने भुटेश्वर साहको छोरा ओमबाबु साहको मृत्यु भएको हो ।
शनिबार राति साढे ८ बजे ना६त ५०४५ नं.को ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिएर ओमबाबुलाई किचेको थियो । थ्रेसरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तराई अस्पताल ल्याइएको थियो ।
उपचारको क्रममा राति साढे ९ बजे बालकलाई अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।