बीरगंज । पटेर्वा सुगौली गाउँपालीकामा रहेका माध्यामिक विद्यालय स्तरीय बालिका मैत्री भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शिक्षामा बालिकाहरुको पहुँच बढाउनको लागि दिव्य यूवा क्लव, पर्साले एक्सन एड नेपालको साझेदारीमा स्थानीय अधिकार कार्यक्रम मार्फत् विभिन्न क्रियाकलापहरु संचालन गरिरहको छ । यसै क्रममा शिक्षाको साथ साथै बालिकाहरुमा शारिरीक तन्दुरुस्ती पनि हुनुपर्ने तथा अतिरिक्त क्रियाकलापहरुमा पनि उनीहरुको रुची उत्याधिक रहेको हुनाले बालिका मैत्री वातावरण सृजना गर्नको लागि सो भलिबल प्रतियागिता आयोजना गरिएको दिव्य यूवा क्लवका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले बताउनु भयो । सो प्रतियोगिता २ चरणमा हुनेछ आ पहिलो चरण अन्तरगत श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय निचुटा र श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, बेलवा बीच खेल भएको थियो । आज भएको पहिलो चरणको खेलमा श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय निचुटाले श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, बेलवालाई २.१ ले हराएको छ । श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, निचुटा की दिपीका शर्माले म्यान अफ द म्याचको उपाधी हात पारेकी छिन् । अब भोली दोस्रो चरणमा श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, रङ्गपुर र श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, सुगौली बीच प्रतिस्पर्धा हुनेछ र विजयी समुहले श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, निचुटासंग फाईनल खेल्नेछ ।


आयेजना गरिएको भलिबल प्रतियोगिताले बालिकाहरुमा सकारात्मक सन्देश प्रवाह गर्नेछ र छोरीहरुलाई घरको काममा मात्रै अल्झाउन खोज्ने हाम्रो सामाजिक मुल्य मान्यतालाई पनि यसले परिवर्तन गर्न सहयोग गर्नेछ तथा छोरीहरुलाई शिक्षाको अवशर प्राप्त हुनेछ र यसले हाम्रो समुदायमा हुने गरेको बाल विवाहलाई पनि अन्त्य गर्न सहयोग हुनेछ भन्नुहुन्छ गाउँपालीका उप प्रमुख ममता महतो । आजको कार्यक्रममा पटेर्वा सुगौली गाउँपालीका उप प्रमुख ममता महतो, नेपाल प्रहरीका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु, तथा खेल शिक्षकहरु, विद्यार्थीहरु लगायत लगभग १५० जनाको उपस्थिति रहेको थियो ।