

वीरगंज । पर्सा जिल्लाकाे पाेखरिया नगरपालिकामा टि २० तेस्राे मेयर कप क्रिकेट टुर्नामेन्ट प्रतियाेगिता सुरु भएकाे छ । नगरपालिकाकाे वडा नं. ४ रानीगंज स्थित शेरा फिल्डमा सुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन क्षेत्र नं ३ (ख) को प्रदेश सभा सदस्य प्रहलाद गिरी एवम् पाेखरिया नगरपालिकाका मेयर दिपनारायण प्रसाद राैनियारले संयुक्त रुपमा गरेका थिए । प्रतियाेगिता उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रदेश सांसद गिरीले खेलकाे सवालमा राजनीति नगरी इमान्दार हुन सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश सांसद गिरीले खेलकाे सवालमा सबै राजनीतिक दलका नेताहरु इमान्दार भए खेलकाे विकास निश्चत रहेकाे वताए । उनले भने “हामी नेताहरु इमान्दार भएर लागे हाम्रै ठाउँका खेलाडीहरु नै राष्ट्रिय स्तरकाे हुन सक्छन् र खेलकाे विकास भए हाम्राे नगर र देश राष्ट्रिय स्तरमा चिनाउन सक्छ । नगरपालिकाकाे सहयाेग र पाेखरिया युवा समाजकाे आयाेजनामा प्रतियाेगिता सुरु भएकाे हाे ।प्रतियाेगिता अन्तर्गत साेमबार भएकाे उद्घाटन खेलामा कालिकामाई गाउँपालिका विजयी भएकाे छ । बाबा ११ पाेखरियालाई हराउँदै कालिकामाई गाउँपालिका विजयी भएकाे आयाेजकले जनाएकाे छ ।पाेखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्राकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा संविधान सभा सदस्य प्रधुमन चाैहान, रामेश्वर राैनियार,पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, लोसपाका नेता नेजामुदिन समानी, राजु साह तेली , स्थानिय नेता जोगिन्द्र रौनियार, बिन्धाचल ठाकुर, राजनारायन कुर्मी, वडाध्यक्ष नन्द पटेल, सियानन्द चौहान, लोसपाका विद्यार्थी नेता सुजित गिरि लगायतकाे सहभागिता रहेकाे थियाे ।