बीरगंज । पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२, पर्साको संस्थाको सहजीकरणमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा-६ सन्ठी औराहामा बस्ने सन्तोष पासवानको जस्तापाताको घर निर्माण गरि एक कार्यक्रमको बीच घर हस्तान्तरण गरिएको छ।
पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश-२, पर्साको अनुरोधमा तीन जना सहयोगी दाताहरुको सहयोगमा घर निर्माणको कार्य सम्पन्न भएको छ। नेपालकै जिल्ला काठमाडौं ,बालुवाटार घर भएको हाल अमेरीका बस्ने वरिष्ठ समाजसेवी आदरणीय अमर क्षेत्री ज्युमार्फत रु.१२३६२२ /- , काठमाडौं बस्ने सामाजिक अभियान्ता तथा बाल अपांग टेवा संस्थाको अध्यक्ष आदरणीय डेन्डि शेर्पाले ज्यु मार्फत रु .४७२१३ /- , दाङ जिल्ला घर भएको हाल काठमाडौं बस्ने मनकारी आदरणीय अभिभावक योग, गुरु, अध्यात्म र हिन्धु धर्म संस्कृतिकका ज्ञाता आदरणीय गुरुदेव डा. चिन्तामणी योगी ज्यु मार्फत रु. १५०००/- र जिल्ला ललितपुर लयान्स क्लबको अध्यक्ष ज्योति केसी ज्यु मार्फत रु. १००००/- आर्थिक सहयोग बाट घरमा निर्माण कार्य भएको छ।
जम्मा रु. १९५८३५ आर्थिक सहयोगमा जस्तापाताको घर निर्माण कार्य गरि घर हस्तान्तरण गरिएको छ।
जगरनाथपुर गाउँपालिका वडा-६ सन्ठी औराहा गाउँको स्वर्गीय रामवतार पासवानको घरको अवस्था धेरै खराब रहेकोे थियोे । फुस खरको छानो रहेकोे थियोे र त्यो घर पुरै ढलेको थियोे । पानी वर्षा भएकोले रातीमा त्यो घरमा नबस्ने अवस्था थियोे । पानी पर्ने बेलामा पुरै घर चुईनथ्ये । फुस खरको छाने भएको घरको टाटी झरेको थियो । त्यो पहिलाको घरमा नबने अवस्था थियोे । सन्तोष पासवानको बुबा बितेको ७ वर्ष भएको छ। घरमा अहिले आमा रिना देवी पासवान र श्रीमती सुगिया देवी पासवान गरि ३ जनाको पारिवार रहेकोे छ। यी सन्तोष पासवान अति सुस्मनिस्तितीको रहेकोे छ।
घर निर्माण भएको पछि तिनै जना खुशी भएको छ। आमा रिना देवी पासवान ज्यु खुशी भएर सहयोगी दाताहरुलाई धन्यवाद दिनु भएको छ।
अति विपन्न दलित परिवारको घर हस्तान्तरण कार्यक्रमको अध्यक्षता पिसफोर दलितस फाउन्डेसन नेपालको उपाध्यक्ष चन्द्रकिशोर राम , प्रमुख अतिथि बाल अपांग टेवा संस्था , काठमाडौंको अध्यक्ष डेण्डी शेर्पा ज्यु , बिशिस्ट अतिथि जगरनाथपुर गाउँपालिका वडा-६ को वडा अध्यक्ष अजोध्या प्रसाद कुर्मी ज्यु , घर निर्माणको संयोजक अशोक राम , संस्थाको सदस्य परमानन्द राम , दलित महिला सदस्य तथा गाउँले उपस्थिति रहेकोे थियोे ।
यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष / सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नु भएको छ।