जनकपुर । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुनुअघि सत्तारुढ दलले जारी गरेका छन् ।
गठबन्धनबाट सभामुखका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रमुख सचेतक रामअशिष यादवको पक्षमा मतदान गर्न भन्दै सत्रारुढ दलहरुले आ–आफ्नो संसदीय दलमार्फत ह्विप जारी गरेका हुन् ।
सभामुखमा नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्।
त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा रहेका छन् ।