आइतबार दक्षिण अफ्रिकाको जोहानेसबर्ग शहरको पश्चिममा रहेको बेकरसडल टाउनशिपमा भएको सामूहिक गोलीबारीमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान १ बजे अगाडि एउटा बार्नेसमा भएको गोलीबारीका घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले आइतबार एक विज्ञप्तिमा भनेको छ ।
गाडीमा आएका लगभग १२ जना अज्ञात संदिग्धहरूले मधुशालाका ग्राहकहरूमाथि गोलीबारी गरेका थिए । गोलीको आवाज सुनेर घटनास्थलबाट भाग्नेहरूमाथि पनि जथाभाबी गोलीबारी जारी राखेको बताइएको छ।
दक्षिण अफ्रिकी सार्वजनिक प्रसारक एसएबीसीको समाचार अनुसार अज्ञात बन्दुकधारीहरूले मधुशालाक्स ग्राहक र बाहिर सडकमा रहेका मानिसहरूमाथि गोलीबारी गरेका छन्।
केही मिडिया रिपोर्टहरूले मृत्यु हुनेको संख्या १० जना रहेको बताएका छन् । गोलीबारीको कारण अझै स्पष्ट छैन। घाइतेहरूलाई अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्