जनकपुर । मधेस प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश सभाबाट निर्वाचित भएको केही घण्टामै आइतबार राति नै उनले शपथग्रहण गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभले सभामुख यादवलाई शपथ खुवाएका हुन् ।