इन्डोनेसियाको एक प्रमुख राजमार्गमा साेमबार बिहान भएको दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
राजधानी जकार्ताबाट योग्यकार्तातर्फ गइरहेको एक बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा यो दुर्घटना भएको हो । स्थानीय खोज तथा उद्धार निकायका अनुसार निकै उच्च गतिमा रहेको उक्त बस मोड पार गर्ने क्रममा सडकको अवरोधसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको हो ।
घटनास्थलबाट ३४ जनालाई सुरक्षित उद्धार गरिएको र १५ जनाको घटनास्थलमै निधन भएको निकायले जनाएको छ । गम्भीर घाइते एक जनाको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो