बीरगंज। आर एम केडिया अाँखा अस्पताल परवानीपुर र धोबिनी गाउँपालिकाको सहयोगमा र सामुदायिक तालिम केन्द्र पर्साको आयोजनामा आज एक दिने निशुल्क अाँखा शिबिर पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिखमपुरमा सम्पन्न भएको हो।प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरमा आयोजना गरिएको निशुल्क अाँखा शिविरमा ३सय १२जनाले आँखा चेकजाँच गराएका थिए।
जस मध्ये १ सय २६ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाका ले जनाएको हो । शिबिरमा निःशुल्क औषधी र ६० जना महिला हरु लाई चस्मा समेत वितरण गरिएको थियोे । निशुल्क अाँखा शिबिर मा मोतियाबिंदु फेला परेका हरु लाई निःशुल्क सल्यक्रिया समेत गरिने अायोजक संस्था ले जनाएका छन।
निशुल्क अाँखा शिबिर धोबिनी गाउँपालिका वडा नं २ भिखमपुर का वडा अध्यक्ष नन्दलाल प्रसाद कुर्मी को अध्यक्षतामा समपन्न भएको थियो। निशुल्क अाँखा शिबिरमा केडिया अँखा अस्पताल का चिक्तिसक शिवशंकर प्रसाद,रासदेव साह, संतोष साह,लालबाबु मण्डल,राजेश अधिकारी,चनरमन पटेल लगायत ले अँखा का रोगी हरु लाई चेकजाच गरेका थिए।
निशुल्क अँखा शिबिर लाई मा वडा अध्यक्ष कुर्मी ले महिला हरु लाई अौषधी र चस्मा बितरण गर्नु भएको थियोे । निशुल्क अाँखा शिबिर कार्यक्रम मा वडा नं ५ का वडा अध्यक्ष मनाउर मियाँ ,प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुर का प्रमुख संतोष कुमार साह, नरेन्द्र साह, अमोद केवट ,पत्रकार लालबाबु बानिया, राजन बानिया,रितु कुमारी कर्ण,, लगायतको सहभागिता रहेको थियो।निशुल्क अँखा शिबिरमा मोतियाबिन्द रोगी हरु लाई निशुल्क अप्रेसन हुने आयोजक संस्था ले जनाए का छन।